रौतहटमा सुटकेशभित्र भेटियो युवतीको शव

रौतहट | भदौ ८, २०८२

रौतहटमा सुटकेशभित्र भेटियो युवतीको शव सांकेतिक तस्वीर

रौतहट:  रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव भेटिएको छ ।


रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिक शनिबार राति शङ्कास्पद सुटकेस फेला परेको थियो ।


डोरीले बेरिएको सुटकेस वेवारिसे अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएका टोलीले सुटकेसभित्र शव रहेको थाहा पुष्टि भएको थियो । 


प्रहरीका अनुसार डोरीले बाँधिएको अवस्थामा फेला परेको शङ्कास्पद सुटकेस खोलेपछि त्यसभित्र महिलाको शव रहेको पाइएको हो ।


उक्त शव कसको हो भन्ने बारेमा केही खुलेको छैन । महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा लगिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

पोखरा ।     जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ ।   जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो ।   जातीय भेदभाव...

थप पढ्नुहोस्

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्